Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • धारचुलामा रहेका नेपालीलाई स्वदेश ल्याइयो

    धारचुलामा रहेका नेपालीलाई स्वदेश ल्याइयो

    अनलाइन नेपाल
  • बिहिबार, १८ बैशाख २०७७
  • 1.7K
    SHARES

    दार्चुला। भारतको सीमा क्षेत्रमा रहेका नेपालीलाई स्वदेश ल्याउन थालिएको छ । लकडाउनका कारण महिना दिनभन्दा बढी समयदेखि सीमा क्षेत्रमा रहेका नेपालीलाई बिहीबार स्वदेश ल्याउन थालिएको हाे ।

    दार्चुला, बैतडी, बझाङसहित १० जिल्लाका धारचुला क्षेत्रमा नाका बन्द भएपछि रोकिएका नेपालीलाई सदरमुकामस्थित खलंगा र महाकाली नगरपालिका–९ दत्तुबाट नाकाबाट उद्धार गरिएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार बैतडी र बझाङ नागरिकलाई दत्तु नाका र दार्चुलासहित अन्य जिल्लाका भारतमा रहेका नेपाली नागरिकलाई खलंगा नाकाबाट उद्धार गरिँदै छ ।



    लामो क्वारेन्टाइन अवधि सकिएपनि उद्धार हुन नसकेका नेपालीहरु ल्याउने विषयमा बुधबार अपरान्हमा दुई देशका अधिकारीबीच सहमति भएपछि बिहीबार ९ बजेबाट उद्धार सुरु गरिएको हो।



    गत चैत १३ गतेदेखि भारत पिथौरागढका धारभुलाका पाँच क्वारेन्टाइनमा एक हजार ४० जना नेपाली एक महिनादेखि बसिरहेका छन् । उनीहरुलाई नेपाल ल्याउनकै लागि भन्दै बैतडी र बझाङका प्रतिनिधि चार दिनदेखि दार्चुला आइ बसेका थिए । दार्चुलाका स्थानीयलाई क्वारेन्टाइनमा राख्न तयारी गरिएको छ । उद्धारपछि उनीहरुलाई सम्बन्धित स्थानीय तहमा पठाउन यातायात व्यवसायीलाई तयारी अवस्थामा रहन भनिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार