Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • २ इन्जिनियरको ज्यान लिएको सोलुखोला जलविद्युतको सुरुङबाट खसे दुई श्रमिक

    २ इन्जिनियरको ज्यान लिएको सोलुखोला जलविद्युतको सुरुङबाट खसे दुई श्रमिक

    ३३ दिनमै दोहोरियो अर्को घटना

    अनलाइन नेपाल
  • बिहिबार, १३ माघ २०७८
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ३३ दिन अघि अर्थात पुस ११ गते आइतबार दुई इन्जिनियरको ज्यान लिएको सोलुखम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दुधकोशी जलविद्युत आयोजनामा आज अर्को दुर्घटना भएको छ ।

    आयोजनाको भर्लेनीस्थित पावरहाउस निर्माणस्थलको ठाडो सुरुङ निर्माणस्थलमा पाइप निकाल्ने क्रममा क्रेन भाँचिएर दुई श्रमिक सुरुङभित्र खसेका छन् ।



    सुरुङभित्र खसेका एक जनालाई उद्धार गरेर अस्पताल पठाइए पनि एक जना श्रमिकको भने अझै उद्धार हुन सकेको छैन । घटन विहान करिब ४ बजेति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुलले जनाएको छ ।



    प्रहरीका अनुसार पाइप निकाल्ने क्रममा क्रेन भाँचिएपछि उनीहरु सवार रहेको बकेट करिब १६० मिटर गहिरो सुरुङमा खसेको हो ।

    पर्साको कोटेश्वर गाउँपालिकाका २० वर्षीय अंकित चौधरीलाई घाइते अवस्थामा उद्धार गरेर संखुवाभसाको मिसन अस्पतालमा पठाइएको छ भने सुरुङभित्र खसेका बाराको कोहोल्बी नगरपालिका १ का २२ वर्षीय राकेश चौधरीको उद्धार गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    गत ११ पुसमा परीक्षणका क्रममा आयोजनाको पेनस्टक पाइप पड्किएर आयोजनामा कार्यरत इन्जिनियरद्वय अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार