Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • १० वर्षमा काभ्रेको जनसंख्या १५ हजार ५८ जना घट्यो, चौरी देउराली गाउँपालिकाको जनसंख्या १४ हजार १०६ जना

    १० वर्षमा काभ्रेको जनसंख्या १५ हजार ५८ जना घट्यो, चौरी देउराली गाउँपालिकाको जनसंख्या १४ हजार १०६ जना

    अनलाइन नेपाल
  • बिहिबार, १३ माघ २०७८
  • 4K
    SHARES

    काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । जसअनुसार कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ ।

    यो १० वर्ष अगाडि २०६८ को तुलनामा २६ लाख ९७ हजार ९ सय ७६ जना बढी हो । जनसंख्या वृद्धिदर ०।९३ प्रतिशत मात्र रहेको नेपालमा कुल ५६ लाख ४३ हजार ९ सय ४५ वटा घर रहेको पाइएको छ । यी घरमा कुल ६७ लाख ६१ हजार ५९ वटा परिवार बसोबास गर्छन् ।



    जनगणना अनुसार सबैभन्दा धेरै जनसंख्या वृद्धिदर भएका जिल्लाहरु भक्तपुर, रुपन्देही,चितनव, बाँके र सुनसरी रहेका छन् भने जनसंख्या वृद्धिदर ऋणात्मक भएका जिल्लाहरु काभ्रेपलाञ्चोक, रामेछाम, खोटाङ, मनाङ, भोजपुर र तेह्रथुम रहेका छन् ।



    सबैभन्दा धेरै जनसंख्या वृद्धिदर ऋणात्मक भएका जिल्लाको संख्या ३६ रहेको छ भने जनसंख्या वृद्धिदर धनात्मक भएको जिल्लाको संख्या ४५ रहेको छ ।

    यस्तै सार्वजनिक तथ्यांक अनुसार सबैभन्दा धेरै जनसख्या बाँकेको बैजनाथ गाउँपालिकामा ७० हजार ३१५ र सबैभन्दा कम जनसंख्या भएको मनाङको नार्फाभूमि गाउँपालिकामा ४४२ रहेको छ ।

    सबैभन्दा धेरै जनसख्या भएको काठमाडौं महानगरपालिकामा ८ लाख ६५ हजार ९०६ र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १० हजार १८७ जनसंख्या रहेको विभागले जानकारी दिएको छ ।

    त्यसैगरी काभ्रे जिल्लामा भने ३ लाख ६६ हजार ८७९ जनसंख्या रहेको तथ्यांक विभागद्वारा जारी प्रारम्भिक नतिजामा उल्लेख छ । १० वर्ष अघि अर्थात २०६८ सालको जनगणनामा भने काभ्रे जिल्लाको जनसंख्या ३ लाख ८१ हजार ९३७ रहेको थियो ।

    अहिले जिल्लाका १३ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी बनेपा नगरपालिकामा ६७ हजार ६२९ जनसंख्या रहेका छन् भने सबैभन्दा कम खानीखोला गाउँपालिकामा १२ हजार ३७५ जनसंख्या रहेका छन् ।

    त्यसैगरी बेथानचोक गाउँपालिकामा १४ हजार ९९६, भुम्लु गाउँपालिकामा १५ हजार ८५८, चौंरीदेउरािी गाउँपालिकामा १४ हजार १०६, धुलीखेल नगरपालिकामा ३६ हजार १८३, महाभारत गाउँपालिका १६ हजार १४८, मण्डनदेउपरु नगरपालिकामा ३१ हजार २६१, नमोबुद्ध नगरपालिकामा २६ हजार २८०, पनौती नगरपालिकामा ५२ हजार ७८, पाँचखाल नगरपालिकामा ३५ हजार ९९२, रोशी गाउँपालिकामा २३ हजार ५५१ र तेमाल गाउँपालिकामा १६ हजार ९५९ जना जनसंख्या रहेको तथ्यांक विभागले जनाएको छ ।

    राष्ट्रिय जनगणना २०७८ काे प्रारम्भिक नतिजा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार