काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा निसास्सिएर दम्पतीको मृत्यु भएको छ ।
काठमाडौँको शंखरापुर नगरपालिका-३ बोझेनीमा घरभित्रै उनीहरुको मृत्यु भएको हो।
मृत्यु हुनेमा ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया श्रीमती फूलमाया थिङ रहेको प्रहरीले जनाएको छ।
उनीहरू आफू बसेको घरको कोठामा मृत अवस्थामा फेला परेको र निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
थिङ दम्पत्तीका छोरा सुनिल भने सकुसल छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply