Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • १० वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ बढ्यो

    १० वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ बढ्यो

    अनलाइन नेपाल
  • बिहिबार, १३ माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । १० वर्ष अघि गरिएको जनगणनामा जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो ।

    केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार वार्षिक जनसंख्या वृद्धिदर घटेको छ । १० वर्षअघि वार्षिक वृद्धिदर १.३५ प्रतिशत रहेकामा यसपटक भने ०.९३ प्रतिशतमा झरेको छ ।



    जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार १० वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ बढेको छ ।वि.सं. १९६८ मा पहिलो जनगणना भएको थियो । त्यसयता हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ ।



    सन्तानोत्पादन दर कम भएको तथा विदेश बसाइँसराइ बढेकाले जनसंख्या वृद्धिदर घट्दै गएको विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठको भनाइ छ । एकातिर नेपालको जनसंख्या निरन्तर विदेश बसाइँ सरेको छ भने अर्कोतिर छोराको पर्खाइमा धेरै सन्तान जन्माउने क्रम पनि घटेको छ । यो सँगसँगै शैक्षिक र आर्थिक गतिविधिमा संलग्न भई विवाह ढिलो हुने हुँदा सन्तान उत्पादनमा पनि कमी आएको श्रेष्ठको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार