Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • प्रचण्डलाई ‘किल गेट्स’ लेख्दा प्रेस काउन्सिलका पूर्व बोर्ड सदस्य पक्राउ

    प्रचण्डलाई ‘किल गेट्स’ लेख्दा प्रेस काउन्सिलका पूर्व बोर्ड सदस्य पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १८ बैशाख २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । प्रहरीको साइबर ब्युरोले प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य तथा रेडियो नेपालका सञ्चालक समिति सदस्य दीपक पाठकलाई पक्राउ गरेको छ  ।

    सामाजिक सञ्जालमा जथाभावी लेखेको अभियोगमा उनलाई ब्युरोले पक्राउ गरेको जनाइएको छ ।  मार्गदर्शन न्युजको सम्पादक पाठक प्रधानमन्त्री केपी ओली निकट व्यक्ति हुन् ।



    यसअघि प्रेस काउन्सिल भित्रै तोडफोड गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरी ११ दिनसम्म थुनामा  राखेको थियो ।



    पाठकलाई प्रेस काउन्सिलकै सिफारिसका आधारमा प्रहरीले साइबर अपराधमा पक्राउ गरेको प्रहरी स्रोतको दाबी छ ।

    पाठकले पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जथाभावी रुपमा सामाजिक सञ्जालमा लेख्दै आएका थिए ।
    उनले प्रचण्डलाई सामाजिक सञ्जालमा ‘किल गेट्स’ जस्ता शब्दले गालीगलौज गर्दै आएका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार