Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • भारतीय दूतावासद्वारा ‘गतिशीलता सहायता वितरण शिविर’ को आयोजना

    भारतीय दूतावासद्वारा ‘गतिशीलता सहायता वितरण शिविर’ को आयोजना

    अनलाइन नेपाल
  • बुधबार, १२ माघ २०७८
  • 864
    SHARES

    काठमाडौं । भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूतावासको रक्षा प्रभागले ‘आजादीका अमृत महोत्सव’ अन्तर्गतको कार्यक्रमको रुपमा धरानस्थित पेन्सन वितरण कार्यालयको तत्वावधानमा भारतीय सेना तथा आसाम राइफल्सका भूपू सैनिकका लागि धरानमा गतिशीलता सहायता वितरण शिविर (Mobility Aid Distribution Camp) को आयोजना गरेको छ ।

    उक्त शिविर भारतीय सेनाका भूपू सैनिकहरुको कल्याण हेतु रक्षा प्रभागले चालेका थुप्रै प्रयासहरुमध्येकै एक हो । यस शिविरमा ३२ जना दिव्यङ्गजन भूपू तथा वहाँहरुका परिवारका सदस्यहरुलाई ह्वीलचेयर तथा वैसाखी प्रदान गरिएको दूतावासले जनाएको छ ।



    कार्यक्रममा उमेर सम्बन्धी अशक्तता÷दुर्बलता र अन्य स्वास्थ्य समस्याबाट पीडित भूपू सैनिक तथा वहाँका परिवारका सदस्यहरुलाई पेन्सन डक्युमेन्टेसन क्याम्प तथा ¥यालीमार्फत पहिचान गरिएको पनि दूताबासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



    धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थोपेडिक्स विभागले स्वास्थ्य परीक्षणमा सहयोग गरेको थियो । यस किसिमको मोबिलिटी एडले पीडितहरुको शारीरिक क्रियाकलापमा सघाउदै वहाँहरुलाई समाजसँग जोड्न मद्दत गर्नेछ ।

    महामारीको समयमा आफ्ना भूपू सैनिक तथा समाजको हित हुने काम गर्न तथा वहाँहरुको समस्या निराकरण गर्न रक्षा प्रभागले विविध उपायहरु अपनाइरहेको छ । समयमै पेन्सनको भुक्तानी, भर्चुअल आइडेन्टिफिकेसन, डिजिटलाइजेसन, रक्तदान शिविर, रासन वितरण, मास्क तथा स्यानिटाइजरको वितरण, स्थानीय प्रशासनलाई सहयोग, ह्वीलचेयरको वितरण, धेरै भन्दा धेरै क्षेत्रहरु समेट्न नयाँ डक्युमेन्टेसन ¥याली जस्ता विभिन्न कार्यहरु प्रभागले गर्दै आएको छ ।

    विज्ञप्तिमा भनिएको छ–‘हाम्रा भूपू सेना तथा नेपाली समाजको कल्याणका लागि हामीले चालेका प्रयासहरुले हाम्रो चासो र प्रतिबद्घतालाई जनाउँछ । ‘हाम्रा भूपू सेनाका लागि हामी थियौं, हामी छौं र हामी सदैव रहनेछौं ।’’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार