Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • एकैदिनमा कोरोनाले साढे ६ हजारको मृत्यु, ८१ हजार संक्रमित थपिए

    एकैदिनमा कोरोनाले साढे ६ हजारको मृत्यु, ८१ हजार संक्रमित थपिए

    अनलाइन नेपाल
  • बिहिबार, १८ बैशाख २०७७
  • 1.9K
    SHARES

    काठमाडौं। विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको दर अहिले पनि रोकिन सकेको छैन । महामारीको रुप लिएको यो भाइरसका कारण पछिल्लो २४ घण्टामा मात्र विश्वभर ८१ हजार ३ सय संक्रमित थपिँदा साढे ६ हजार व्यक्तिले ज्यान गुमाएका छन् ।

    २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा २८ हजार संक्रमित थपिँदा २ हजार ३६९ जनाको मृत्यु भएको छ । केही दिन रोकिएको कोरोना संक्रमण त्यहाँ फेरि तीव्र गतिमा फैलिरहेको छ ।



    अमेरिकामा हालसम्म १० लाख ६३ हजारमा कोरोना पुष्टि हुँदा ६१ हजार ६ सय व्यक्तिले ज्यान गुमाएका छन् । त्यस्तै स्पेनमा २ लाख ३६ हजार ८ सय व्यक्ति संक्रमित पुग्दा २४ हजार २ सयको मृत्यु भएको छ ।



    इटालीमा २ लाख ३ हजार संक्रमितमध्ये २७ हजार ६ सयले ज्यान गुमाएका छन् । फ्रान्समा संक्रमितको संख्या १ लाख ६६ हजार ४ सय पुगेको छ । जसमध्ये २४ हजार व्यक्तिको मृत्यु भइसकेको छ ।

    बेलायतमा संक्रमितको संख्या १ लाख ६५ नाघ्दा २६ हजारले ज्यान गुमाएका छन् । जर्मनीमा १ लाख ६१ हजार संक्रमितमध्ये ६ हजार ४ सय व्यक्तिको मृत्यु भएको छ ।

    टर्कीमा संक्रमितको संख्या १ लाख १७ हजार ५ सय संक्रमित पुगेको छ । जसमध्ये ३ हजार व्यक्तिले ज्यान गुमाएका छन् । बाँकी देशमा भने संक्रमितको संख्या १ लाख भन्दा कम छ ।

    वल्डोमीटरका अनुसार बिहीबार बिहानसम्म कुल संक्रमितको संख्या ३२ लाख १७ हजार नाघेको छ । जसमध्ये ९ लाख ९९ हजार व्यक्ति उपचारपछि निको हुँदा २ लाख २८ हजारले ज्यान गुमाएका छन् ।

    विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १० लाख मानिस उपचारपछि निको भइ घर फर्केका छन् ।

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्

    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार