Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • आजकाे माैसम: हावाहुरीसहित असिना पानी पर्ने पूर्वानुमान

    आजकाे माैसम: हावाहुरीसहित असिना पानी पर्ने पूर्वानुमान

    अनलाइन नेपाल
  • बिहिबार, १८ बैशाख २०७७
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । देशभरको मौसम आज पनि सुधार नहुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित असिना पानी पर्ने सम्भावना कायमै रहेको छ ।

    पश्चिमी, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव कायमै रहेकाले आज पनि वर्षा हुने महाशाखाको अनुमान छ ।



    महाशाखाका अनुसार अहिले पूर्वी भू-भागमा सामान्य वदली र मध्य पहाडी भू-भागमा आंशिक वदली भइ बाँकी भू-भागमा मौसम सफा छ तर दिउँसोसम्म वर्षा हुने सम्भावना भने कायमै छ।



    दिउँसोसम्म देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

    प्रिमनसुनसमेत सुरु भएपछि केही दिनयता निरन्तर वर्षा हुँदै आइरहेको छ । यो क्रम आउने शनिबारसम्म कायमै रहने महाशाखाको पूर्वानुमान छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार