काठमाडौं । नेकपा एमालेका पूर्वनेता वामदेव गौतम दम्पतीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
वामदेव र उनकी पत्नी तुलशा थापा गौतमलाई कोरोना संक्रमण भएको उनका छोरा हरिशले जानकारी दिएका हुन् ।
‘हामीहरूको घर पनि कोरोनाबाट पीडित भएको छ । बाबा आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ,’ हरिशले सामाजिक सञ्जालमा लेखेका छन् ।
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र एमाले अध्यक्ष केपी ओलीलाई संक्रमण पुष्टि भएको थियो।
प्रचण्ड र नेपाल संक्रमण मुक्त भइसकेका छन् भने ओलीको अवस्था सामान्य रहेको बताइएको छ।
Leave a Reply