Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • कोरोना महामारी: समाजवादी प्रेस सङ्गठनको प्रदेश भेला स्थगित

    कोरोना महामारी: समाजवादी प्रेस सङ्गठनको प्रदेश भेला स्थगित

    अनलाइन नेपाल
  • मंगलबार, ११ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले प्रदेशस्तरीय भेला स्थगन गरेको छ । पछिल्लो समय कोरोना महामारी सङ्क्रमणको जोखिम बढ्दै गएकाले भेला हाललाई स्थगन गरेको हो ।

    आगामी फागुन ७ गते काठमाडौँमा सम्मेलनको तयारी गरेकामा माघ महिनाभित्रमा प्रदेश भेला सम्पन्न गर्ने कार्यक्रमको तिथिमिति तय भएको थियो । राष्ट्रिय सम्मेलनका लागि आवश्यक विधानको प्रारम्भिक मस्यौदा अन्तिम चरणमा छ ।



    मस्यौदा निर्माणपछि सम्बन्धित पक्षका साथै विज्ञसँग व्यापकरूपमा छलफल गरिने छ । देशभर रहेका मातहतका सङ्गठनमार्फत विधानको मस्यौदा सबै प्रदेश तथा जिल्ला समितिमा छलफलका लागि पठाइने छ । त्यसको विस्तृत छलफल तथा अध्ययनपछि प्राप्त हुने सुझावलाई समेटेर मस्यौदामा समावेश गरिने छ ।



    सङ्गठनका महासचिव भुपराज खडकाको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले विधान निर्माण कार्य गरिरहेको छ । सङ्गठनले १५ सदस्यीय सचिवालय, विभागलाई हालै पूर्णता दिएको छ । सम्मेलन तयारी समितिसमेत गठन गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार