Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • निजामती कर्मचारीले अनलाइनबाटै सबै सेवा दिने

    निजामती कर्मचारीले अनलाइनबाटै सबै सेवा दिने

    अनलाइन नेपाल
  • मंगलबार, ११ माघ २०७८
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । निजामती कर्मचारीमा कोरोना सङ्क्रमण तीव्र बन्दै गएपछि कर्मचारीहरूले अनलाइन प्रणालीबाट सेवा प्रवाह गर्न सरकारलाई सुझाव दिएका छन् ।

    अनलाइन माध्यमबाट सेवा प्रवाह गर्न सकिने सबै सेवा अनलाइन प्रणालीबाटै प्रवाह गर्नुपर्ने कर्मचारीहरूले बताएका छन् ।



    निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अनुसार तीनै तहका गरी करिब डेढ लाख कर्मचारीमध्ये ३० प्रतिशत कर्मचारीलाई कोरोना सङ्क्रमण भएको अनुमान गरिएको छ ।



    उक्त ट्रेड युनियनका महासचिव तेजकुमार केसीले अहिले ३० प्रतिशत कर्मचारीलाई कोभिड भएको र यही गतिमा सङ्क्रमण तीव्र बन्दै गए अबको एक सातामा शतप्रतिशत कर्मचारीमा कोरोना सङ्क्रमण हुने बताए ।

    उनले भने, “अत्यावश्यकबाहेकका काम अनलाइन माध्यमबाटै ‘वर्क फ्रम होम’ गर्नुपर्छ, व्यक्तिको स्वास्थ्यभन्दा काम ठूलो होइन ।”

    उनका अनुसार कार्यालयमा सुब्बादेखि सचिवसम्मले एउटै फाइलमा काम गर्नुपर्ने हुनसक्छ । त्यसैले कम्तीमा माघ भर सबै कर्मचारीले अनलाइनको माध्यमबाट घरबाटै काम गर्ने वातावरण सरकारले मिलाउनुपर्छ । गोरखापत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार