काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको बुधबार बसेकाे सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सरप्राइज दिएपछि नेताहरु अन्योलमा परेका छन् । पार्टी विधान परिवर्तन गरेर पार्टी उपाध्यक्षको जिम्मेवारी पाइसकेका बामदेव गौतमलाई भावी प्रधानमन्त्रीको रुपमा ओलीले अघि सारेपछि नेताहरूलाई सरप्राईज भएको हो ।
प्रधानमन्त्री कै कारण सचिवालयले सिफारिस गरेर पनि उनी राष्ट्रिय सभासदस्य समेत हुन पाएका छैनन् । एक त उनी संघीय संसदको सदस्य छैनन् भने राष्ट्रिय सभाको सदस्य भएपनि संविधान संसोधन नगरी प्रधानमन्त्री बन्ने बाटो बन्द छ । संविधान संशोधनमा २ तिहाइ चाहिन्छ । नेकपा नेचाहरूले यसलाई बेमौसमी डम्फू भनेका छन् ।
बामदेव कमरेडलाई प्रधानमन्त्री बनाउन सकिने कुरा प्रधानमन्त्रीले राख्नु भयो रे´ नेकपाका एक स्थायी कमिटी सदस्य भन्छन् `मैले भनेको मान्छेलाई दिदाँ छोड्न तयार छू भन्ने सन्देश दिन र नेताहरूलाई अलमलाउने प्रयास मात्रै हो यो´ उनले भने ।
ओलीले प्रधानमन्त्रीको लागि गाैतम र अध्यक्षको लागि माधव नेपाल ल्याउन सकिने राय राखेपछि थप छलफल गर्न २० वैशाखमा बैठक डाकिएको छ । तत्कालीन बामगठबन्धनको तर्फबाट साझा उम्मेदवारका रूपमा बर्दिया–१ बाट चुनाव लडेका गौतम कांग्रेस नेता सञ्जय गौतमसँग पराजित भएका थिए ।
Leave a Reply