Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • प्रहरीकै बाइकमा फरार भएका कैदी नाइके यमराज एक महिनापछि पक्राउ

    प्रहरीकै बाइकमा फरार भएका कैदी नाइके यमराज एक महिनापछि पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । दाङमा प्रहरीको मोटरसाइकल लिएर फरार घोराही कारागारका नाइके २८ वर्षीय यमराज परियार पक्राउ परेका छन्।  उपचारको वहानामा घोराही कारागारबाट निस्किएर फरार भएका परियारलाई प्रहरीले नेपाल–भारतको सीमाबाट पक्राउ गरेको हो ।

    गत पुष ११ गते आइतबार राति फरार रहेका कारागार नाइके परियारलाई बाँकेस्थित भारतको सीमाबाट पक्राउ गरेर दाङ ल्याइएको प्रहरी स्रोतको दाबी छ। हाल परियारमाथि थप सोधपुछ कार्य भइरहेको प्रहरीले जनाएको छ।



    यस बिषयमा जिल्ला प्रहरी कार्यालय दाङले दिउँसो ४ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ। यसअघि जिल्ला प्रहरी कार्यालय दाङले परियार फरार प्रकरणमा कारागारका जेलर युवराज परियार र तीन जना प्रहरीसहित सात जनालाई पक्राउ गरेको थियो।



    पक्राउ पर्नेहरुमा जेलर परियार, प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरी, प्रहरी हवल्दार गणेशकुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, दुई महिला र एक होटल सञ्चालक रहेका थिए।

    कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका यमराज परियारलाई मिलोमतोमा फरार गराएको आशंकामा अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

    पक्राउ अनुमति जारी गरेलगत्तै उनीहरुलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको थियो । कैदी परियार उपचारका बहानामा कारागारबाट निस्केर प्रहरीकै मोटरसाइकलमा भागेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार