Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • आज (बैशाख १८) बिहिवारको राशिफल

    आज (बैशाख १८) बिहिवारको राशिफल

    अनलाइन नेपाल
  • बिहिबार, १८ बैशाख २०७७
  • 1.7K
    SHARES

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वास्थ्य प्रति सजक रहन जरूरी छ । सामाजिक काममा व्यास्त हुने समय रहेको छ, तर गरेको कार्यबाट सफलता भने नमिल्ला ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धार्मिक र सामाजिक महत्त्व क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ ।



    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ ।



    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको कार्यमा सफलता मिल्न सक्छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आजको यात्राले दु:ख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति मानशीक चिन्ता बढ्ला ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आजको दिन घरमै हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । परोपकारजन्य कार्यमा लगाव बढ्ने र लोकप्रियताको अवसर प्राप्त हुनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज जिम्मेवारी बढ्न सक्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न मद्दत पुर्याउने र शरीरमा ऊर्जा प्रदान गर्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मनमा हर्ष र प्रसन्नता छाउनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज प्रविधि मार्फत दैनिकी सहज हुनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला । पारिवारिक भेटघाट हुनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज बोलीवचन, प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार