एजेन्सी । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३,०६,०६४ नयाँ कोरोना भाइरसका संक्रमितहरु थपिएका छन् । जुन अघिल्लो दिनको तथ्यांकभन्दा २७ हजार ४६९ कम हो ।
समाचार संस्था एएनआईका अनुसार यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४३९ जनाको ज्यान गएको छ भने २ लाख ४३ हजार ४९५ जना उपचारपछि निको भएका छन् ।
यसैगरी, सिंगो भारतमा कुल सक्रिय केसहरूको संख्या बढेर २२,४९,३३५ पुगेको छ भने दैनिक संक्रमण दर २०.७५ प्रतिशत रहेको छ ।
India reports 3,06,064 new COVID cases (27,469 less than yesterday), 439 deaths, and 2,43,495 recoveries in the last 24 hours
Active case: 22,49,335
Daily positivity rate: 20.75% pic.twitter.com/nckbG2NfUN— ANI (@ANI) January 24, 2022
Leave a Reply