Online Nepal
  • बुधबार, २६ मंसिर २०८१
  • नर्वेमा तालिबानका सदस्यहरू र पश्चिमी अधिकारीबीच भेटवार्ता

    नर्वेमा तालिबानका सदस्यहरू र पश्चिमी अधिकारीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । तालिबानका सदस्यहरूले आज नर्वेमा पश्चिमी अधिकारीहरूसँग बैठक गर्ने भएका छन्। अफगानिस्तानमाथि नियन्त्रण लिएपछि तालिबानको पश्चिमी अधिकारीहरूसँगको यो पहिलो बैठक हो।

    तीन दिनसम्म चल्ने यस बैठकमा मानवअधिकार र मानवीय विपत्तिका विषयमा विशेष छलफल हुने अपेक्षा गरिएको छ । संयुक्त राष्ट्रसंघले अफगानिस्तानको करिब ९५ प्रतिशत जनसंख्यासँग पर्याप्त खाना नभएको बताएको छ ।



    तर, युरोपका केही मानिसले तालिवानसँगको यो बैठकको विरोध पनि गरिरहेका छन् । कतिपय ठाउँमा प्रदर्शन पनि भइरहेको छ । आन्दोलनरत मानिसहरूले तालिबानसँगको यो बैठकमा ध्यान दिन नहुने बताएका छन् ।



    यसअघि आइतवार, तालिबान सदस्यहरूले मानवअधिकार कार्यकर्ताहरूसँग पनि भेट गरेका थि ए। यद्यपि उनीहरूले के छलफल गरे र उनीहरूबीच के भयो भन्ने विवरणहरू खुल्न बाँकी छ ।

    सोमबार हुने तालिवान सदस्य र युरोपेली अधिकारीहरुको बैठक सबैभन्दा महत्वपूर्ण हुने विश्वास गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार