काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावको कारण आज पनि देशका अधिकांश क्षेत्रको मौसम बदली भएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आज दिनभरी मौसम सामान्य देखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै यी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । आज अन्य क्षेत्रको मौसम पनि सामान्यतया बद्ली हुने मौसमविद् कँडेलले बताए ।
उनका अनुसार आज काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुनेछ । केही दिनयता लगातारजसो मौसम बद्लीसँगै हिमाली जिल्लामा हिमपात भइरहेको छ । यसले चिसो बढाएको छ ।
आज राति पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ भने पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने मौसमविद् कँडेलको भनाई छ ।
भोलि भने आजको भन्दा मौसममा केही सुधार आउने मौसमविद्को अनुमान छ । तर, पूर्णरुपमा मौसम खुल्न समय लाग्ने बताइएको छ ।
Leave a Reply