एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलका भिर्गिल भान डाइकले आठौँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् ।
यस्तै, खेलको ३२औँ मिनेटमा एलेक्स च्याम्बर्लिनले गोल गरे भने ८९औँ मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।
क्रिस्टल प्यालेसका ओड्सोने इडवार्डले खेलको ५५ औँ मिनेटमा गोल गरे । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ५७ अङ्क छ । भने जितसँगै दोस्रो स्थानमा रहेको लिभरपुलको ४८ अङ्क भएको छ ।
Leave a Reply