Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • पोलहरुमा राखिएका नेपाल टेलिकमको तार चोरी गर्ने पाँचजना पक्राउ

    पोलहरुमा राखिएका नेपाल टेलिकमको तार चोरी गर्ने पाँचजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाल टेलिकमको तार चोरी गर्ने गिरोहका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका ६ लोलाङ हाइटस्थित पोलहरुमा राखिएका नेपाल टेलिकमको तार चोरी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिका ७ घर भई हाल काठमाडौंको गैरीधारा बस्ने २३ वर्षीय प्रेमबहादुर बोहरा, कैलालीको घोडाघोडी नगरपालिका २ घर भई हाल सुकेधारा बस्ने २५ वर्षीय नमेश बुढा, कैलालीको टीकापुर नगरपालिका १ घर भई हाल बानेश्वर बस्ने २४ वर्षीय गोविन्द साउँद, गोरखाको सिराञ्चोक गाउँपालिका १ घर भई हाल सुकेधारा बस्ने १८ वर्षीय राज घले र काभ्रे बनेपा नगरपालिका १२ घर भई हाल नयाँ बजार बस्ने ३० वर्षीय प्रवीन कार्की रहेका छन् ।



    महानगरीय प्रहरी वृत्त बालाजु तथा महानगरीय प्रहरी प्रभाग धर्मस्थलीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।



    चेकजाँच गर्ने क्रममा ८ माघमा तारकेश्वर नगरपालिका ६ धर्मस्थली महांकालमन्दिरनजिकै प्रदेश नं. ३–०१–०२३ च ४३०१ नम्बरको हात्ती गाडी सडक खण्डबाट भित्रि शाखा सडक खण्डको जंगलतर्फ गइरहेको अवस्थामा रोकी चेकजाँच गर्दा उक्त गाडीको पछाडिपट्टि नेपाल टेलिकमको कालो तार चुँडाली गुजुल्टो पारेको अवस्थामा फेला परेको थियो ।

    तार चोरीमा संलग्न व्यक्तिहरुमाथि महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार