काठमाडौं । यही माघ १५ गतेदेखि शुरू हुने भनिएको राष्ट्रिय महिला लिग फुटबल स्थगित भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एक सूचना सार्वजनिक गर्दै महिला लिग स्थगित भएको जानकारी दिएको छ ।
एन्फाले यसअघि कार्यसमितिको बैठकबाट महिला राष्ट्रिय लिग उपयुक्त स्थनमा माघ १५ गतेबाट सुरु गर्ने निर्णय गरेको थियो ।
तर कोभिड १९ को कारण अर्को सूचना जारी नभएसम्मका लागि लिग स्थगित गरिएको एन्फाले जनाएको छ ।
Leave a Reply