काठमाडौं । पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवान ‘आईसीसी पुरुष टी-२० प्लेयर अफ दि इयर २०२१’ घोषित भएका छन् ।
आईसीसी टी-२० विश्वकपमा पाकिस्तानलाई सेमिफाइनलसम्मको यात्रा तय गराएका रिजवानलाई आईसीसीले आइतबार वर्षको उत्कृष्ट खेलाडीबाट सम्मानित भएको जनाएको हो ।
आईसीसीका अनुसार उनले यस वर्ष २९ खेलमा १३२६ रन प्रहार गरेका थिए । जुन औसतमा ७३ दशमलब ६६ रहेको छ । यस्तै उनको स्ट्राइक रेट १३४ दशमलब ८९ रहको छ।
मोहम्मद रिजवानले यसै वर्ष लाहोरमा दक्षिण अफ्रिकाविरुद्ध शतक प्रहार गर्दा कराँचीमा वेष्ट इण्डिजविरुद्ध ८७ रन समेत बनाएका थिए ।
Leave a Reply