काठमाडौं । नेकपाको बहुचर्चित सचिवालय बैठक कुनै पनि निर्णय नगरी सकिएको छ । नेकपाभित्र विकसित पछिल्लो अवस्थाबारे छलफल भए पनि कुनै पनि निर्णय नगरी बैठक सकिएको हो ।
बैशाख २० मा पुन: बस्नेगरी आजको सचिवालय बैठक टुंगिएको छ । २० गतेको बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओली स्थायी समिति बैठक बोलाउने पक्षमा छैनन् । उनी संसदीय दलमै बहुमत सिद्ध गर्ने दाउमा छन् । र, आजबाट ओलीको पक्षमा हस्ताक्षर अभियान पनि सुरु भइसकेको छ ।
Leave a Reply