Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • अमेरिकामा कोरोनाबाट पन्ध्र नेपालीको मृत्यु

    अमेरिकामा कोरोनाबाट पन्ध्र नेपालीको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १७ बैशाख २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट मङ्गलबार एक नेपालीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दैआएका महेश पन्थी रहेका छन् । बिरामी भएर गत चैत २६ (अप्रिल ८ तारिख) गते उनी अस्पतालमा भर्ना भएका थिए । उनीसमेत गरी अमेरिकामा मृत्यु हुने नेपालीको सङ्ख्या १५ पुगेको छ । तीमध्ये न्यूयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जना रहेका छन् ।



    मेरिल्याण्ड राज्यका विधायक ह्यारी भण्डारीले दिनको जानकारीअनुसार १५ जनामध्ये सबैलाई कोरोना सङ्क्रमित भनेर पुष्टि गर्ने मजबुत आधार त छैन, तर कोरोना सङ्क्रमणका कारण मनोवैज्ञानिक त्रासले केही नेपालीको हृदयघातका कारणले पनि मृत्यु भएको देखिन्छ । उनले भने, “अरु रोग लागेका व्यक्तिमा कोरोनाको सङ्क्रमणले छिटो आक्रमण गर्ने र मानिसको रोगप्रतिरोधी क्षमता कमजोर गराइ मृत्यु नजिक पु¥याउने गरेको देखिन्छ ।”



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार