Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • एसईई परीक्षा वैशाखमा, तयारीमा जुट्न विद्यार्थीलाई आग्रह

    एसईई परीक्षा वैशाखमा, तयारीमा जुट्न विद्यार्थीलाई आग्रह

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन हुने भएको छ ।

    माघको पहिलो साता बित्दासम्म पनि परीक्षा तालिका सार्वजनिक नहुनु र व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखेकाले यति बेला विद्यार्थी, शिक्षक तथा अभिभावक एसईई हुने वा नहुने कुराले निकै तनावमा छन् । राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा सञ्चालन हुने स्पष्ट पारेको छ ।



    बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले आगामी वैशाखको सुरुमा परीक्षा सञ्चालन हुने र सोका लागि परीक्षा तालिका केही दिनभित्र सार्वजनिक गरिने जानकारी दिए। उनले भने, “परीक्षाका विषयलाई लिएर दोधारको स्थितिमा रहनु पर्दैन, परीक्षा हुन्छ । विद्यार्थी अहिलेदेखि नै परीक्षाको तयारीमा जुट्दा हुन्छ ।”



    उनले वैशाखमा परीक्षा सञ्चालन गरिए पनि कक्षा ११ को नयाँ शैक्षिक सत्रसम्बन्धी क्यालेन्डरमा कुनै असर नपर्ने गरी नतिजा प्रकाशन गरिने बताए । आगामी चैतमा शिक्षक सेवा आयोगले स्थायी शिक्षक पदका लागि लिखित परीक्षा सञ्चालन गर्न लागेकाले पनि सो महिनामा एसईई सञ्चालन गर्न समस्या देखिएको हो ।

    “शिक्षकको परीक्षाले सामान्य असर गर्न सक्छ तर त्योभन्दा पनि विद्यार्थीको पढाइ पूरा नभएको गुनासा आएकाले वैशाखमा परीक्षा सञ्चालन गर्न लागिएको हो” उनले भने, “सुगम स्थानका विद्यार्थीले अनलाइनबाट पनि पठनपाठन गरे तर दुर्गमका र अनलाइनको पहुँच नभएकाको कोर्स नसकिएको रिपोर्टिङ भएको छ । भदौबाट मात्र पढाइ राम्ररी सञ्चालन भएकाले उनीहरूले कोर्स सक्न पर्याप्त समय पाएका छैनन् ।” गोरखापत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार