Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • सुदूरपश्चिममा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

    सुदूरपश्चिममा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ८ माघ २०७८
  • 1.1K
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशमा शनिबार थप ३८८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट एक हजार ३४४ जनाको नमूना परीक्षण गर्दा ३८८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    पिसीआरमार्फत १८८ र एन्टिजेनमार्फत २०० जनामा पुष्टि भएको हो । पिसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा १७६, डडेल्धुरा अस्पतालमा आठ, कमलबजार अस्पातालमा चार र एन्टिजेनमार्फत कञ्चनपुरका ८७, कैलालीका ५२, बाजुरामा छ, दार्चुलाका १३, बझाङका पाँच, बैतडीका सात, डडेल्धुराका १५ र अछामका १५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।



    यस्तै गएको २४ घण्टामा प्रदेशभर ३६ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का ५२ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।



    यसअघि शुक्रबार यस प्रदेशमा ५६५ जनामा सङ्क्रमण पुष्टि हुँदा २३ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१७ जनाको ज्यान गइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार