हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लाले नागरिकलाई दिने सेवा प्रवाहको कामलाई लिएर नेपाल बार एसोसिएसन जिल्ला अदालत बार इकाईले प्रेस विज्ञप्ति जारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाले फौजदारी मुद्दाको समयमै दर्ता नगर्नुका साथै न्यायको खोजीमा पुगेका दुर्गम जिल्लाका अबुझ नागरिकलाई उल्टै दुःख दिएको भन्दै प्रेस विज्ञप्ति निकालेको हो ।
नागरिकलाई ससाना कुरादेखि गम्भीर अपराधका घट्नालाई दुःख दिने गरेको आरोप लगाउँदै इकाई बारले विज्ञप्ति निकालेको हो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाले पीडकलाई संरक्षण गर्दै पीडितलाई थप दुःख दिइरहेको विज्ञप्तिमा भनिएको छ ।
Leave a Reply