Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • अकमलमाथि तीन वर्ष प्रतिबन्ध

    अकमलमाथि तीन वर्ष प्रतिबन्ध

    अनलाइन नेपाल
  • बुधबार, १७ बैशाख २०७७
  • 2.3K
    SHARES

    लहोर — विवादास्पद पाकिस्तानी ब्याट्सम्यान उमर अकमललाई सोमबार सबै प्रकारको क्रिकेटबाट तीन वर्षका लागि प्रतिबन्ध लगाइएको छ । पाकिस्तानी क्रिकेट बोर्डले खेल मिलोमतोको प्रस्तावबारे जानकारी नदिएको आरोपमा यो निर्णय गरेको हो ।

    गत महिना ३० वर्ष पुगेका उमरले आफूमाथि लागेको आरोपलाई चुनौती दिन चाहेनन् । फेब्रुअरी २० बाट यो प्रतिबन्ध सुरु हुनेछ । बोर्डले त्यही दिन उनलाई सुरुमा आंशिक प्रतिबन्धमा राखेको थियो ।



    प्रतिबन्धनको निर्णय बोर्डको अनुशासन कमिटीले गरेको थियो र त्यसका अनुसार अकमलले दुई अवस्थामा आचार संहिता उलंघन गरेका थिए । निर्णयपछि अकमलले मिडियासँग बोल्न चाहेनन्। सन् २००९ मा शतकसँगै टेस्ट क्रिकेटमा प्रवेश गरेका अकमलको खेल जीवन अधिकांस समय अनुशासन उलंघनको आरोपमा घेरिएका छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार