Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • दोलालघाटस्थित कोसी दोभानमा लुगा, पर्स, घडी फुकालेर एक जोडी बेपत्ता !

    दोलालघाटस्थित कोसी दोभानमा लुगा, पर्स, घडी फुकालेर एक जोडी बेपत्ता !

    अनलाइन नेपाल
  • शनिबार, ८ माघ २०७८
  • 1.1K
    SHARES

    काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिका–८ दोलालघाटस्थित इन्द्रावती नदी र सुनकोसी नदीको दोभानस्थित किनारमा आफ्ना लुगा–जुत्ता छाडेर एक जोडी बेपत्ता भएका छन्। एक दिनको फरकमा हप्ता अघि घरबाट बेपत्ता भएका विवाहिता उनीहरुको बाहिरी बस्त्र शुक्रबार बिहान दोभानस्थित बगरको ढुङ्गामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार पनौती नगरपालिका–८ खरिबोटका ४० वर्षीय माधव फुयाल र नमोबुद्ध नपा–५ को अन्दाजी ३० वर्षीया सिर्जना भण्डारी ९कोइराला० दुवैले कालो जेन्ट्स ज्याकेट, गाढा सुन्तला रङ्गको लेडिज कोट, कालो र खरानी रङ्गका दुई जोर जुत्ता, कालो लेजिडज र जेन्ट्स पर्स, घडीलगायत सामग्री छाडेर बेपत्ता भएका हुन्। शुक्रवार बिहान दोभानमा मलामी गएका स्थानीयवासीले पुरुष र महिलाको लुगा देखेपछि दोलालघाट प्रहरीलाई खबर गरेका थिए। शुक्रबार छाडिएका सामग्रीको पहिचान उनीहरुका आफन्तले गरेका छन्।



    परिवारका अनुसार कोइराला गत आइतवारदेखि र फुयाल सोमवारदेखि घरबाट बेपत्ता थिए। फुयालकी श्रीमती, एक छोरा र एक छोरी तथा कोइरालाका एक छोरी छिन्।



    ‘उनीहरु शङ्कास्पद तरिकाले लुगा छाडेर बेपत्ता भएकाले हामीले सबै तरिका अपनाएर खोजी गरिरहेका छौँ,’ उनले भने। बेपत्ता भएका दुवैको सुनकोसी नदीमा खोजीकार्य भइरहेको र यसमा सघाउन प्रहरीले सार्वसाधारणमा आग्रह पनि गरेको छ। रासस

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार