Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • गृहमन्त्रीले भने-‘बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही हुन्छ’

    गृहमन्त्रीले भने-‘बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही हुन्छ’

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा देखिएका समस्या तत्काल समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

    गृहमन्त्री बालकृष्ण खाँण र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगले तोकेको शूल्कभन्दा बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही गर्ने स्पष्ट पारेका छन् ।



    शुक्रबार सिंहदरबारमा बिद्याथी संगठनसँगको छलफलका क्रममा गृहमन्त्री खाँणले मुलुकमा कानून नियम रहेको भन्दै कानून बाहिर गरेर क्रियाकलाप गरेको पाइने कारवाही गर्ने बताएका हुन् । उनले बढी शुल्क लिने शिक्षण संस्थामाथि सरकारले अनुसन्धान सुरु गर्ने बताए ।



    अनुसन्धानका साथै कारवाही प्रक्रियालाई पनि अघि बढाउने उनको भनाइ छ । उनले मेडिकल कलेजमा देखिएका समस्याहरुलाई सम्बोधन गर्न सरकारले प्रयत्न भएको तर विधि बिधान बाहिर जाने कलेजलाई कानूनी कारवाहीको दायरामा ल्याएरै कारवाही हुने जिकिर गरे ।

    त्यस्तै शिक्षा मन्त्री पौडेलले गत पुस ३० गते शिक्षा मन्त्रालयसँगको छलफलका क्रममा भएका सहमति कार्यान्वयन गर्न मेडिकल कजेलले अटेर गरेको देखिएकाले कारवाही हुने स्पष्ट पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार