काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरुको असहमति अर्ली इलेक्सनमा नभएको बताएका छन् ।
महासचिव पोखरेलले शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत् एक स्टाटस लेख्दै यस्तो बताएका हुन्। पुरानो जनादेश खण्डित भएको अवस्थामा नयाँ जनादेश एमालेको चाहना भएको महासचिव पोखरेलको भनाइ छ।
‘तर विभिन्न वहनामा स्थानिय चुनाव समयमै नगर्ने र स्थानीय तह रिक्त बनाउँदै दुरुपयोग गर्ने पाँच दलीय गठवन्धनको कुनियतप्रति भने एमालेको गम्भीर असहमति छ,’ महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
Leave a Reply