सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरले स्रोत नखुलेको रु ९ लाख ९० हजार रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।
राजविराज नगरपालिका वडा नम्वर ५ मा प्रदेश नं.२–०१–००३ प ३४७८ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा रकमसहित उनीहरुलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
पक्राउ पर्नेमा मोटरसाइकलमा सबार सप्तरीकै डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ बस्ने २९ बर्षीय राजेश कुमार चौधरी र सोही मोटरसाइकलमा पछाडि सवार शम्भुनाथ नगरपालिका वडा नम्बर १२ बस्ने २४ बर्षीय दिलिप कुमार मण्डल रहेका छन्।
पक्राउ परेका दुबैलाई उक्त रकम र मोटरसाइकलसहित आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ ।
Leave a Reply