काठमाडौं । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २०औं संस्करण आज (बिहीबार) देखि सुरु हुँदैछ। पोखरा रंगशालामा हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय टिम एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। आजको खेल दिउँसो २ बजे सुरु हुनेछ।
सहारा क्लब पोखराको आयोजनामा हुने प्रतियोगितामा साविक विजेता संकटा क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्री स्टार क्लब, नेपाल एपिएफ क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, त्रिभुवन आर्मी क्लब, सहारा क्लब र बिवाइएसी मिनेसोटा युएसए गरी कुल १० टिमको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ। यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिनेछ। त्यस्तै सर्वोकृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७८ बाट एक जना राष्ट्रिय खेलाडीलाई सम्मान गरिने क्लबले जनाएको छ।
पहिलो पटक प्रतियोगिता दर्शकको उपस्थितिविना सञ्चालन हुन लागेको छ। प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ।
Leave a Reply