Online Nepal
  • शनिबार, २० पुष २०८१
  • तराईमा हुस्सु, पहाडी भूभागमा वर्षाको सम्भावना

    तराईमा हुस्सु, पहाडी भूभागमा वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • बिहिबार, ६ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    उक्त प्रणालीका कारण हाल सुदूरपश्चिम, कर्णाली प्रदेशका साथै अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सु लागेको महाशाखाको भनाइ छ। अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ।



    आज (बिहीबार) देशका अधिकांश पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ।



    आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेकाले देशभर चिसो बढ्ने महाशाखाको भनाइ छ। चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार