Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • नेपालमा काेराेना संक्रमितकाे संख्या ५७ पुग्याे

    नेपालमा काेराेना संक्रमितकाे संख्या ५७ पुग्याे

    अनलाइन नेपाल
  • बुधबार, १७ बैशाख २०७७
  • 1.8K
    SHARES

    नेपालमा कोरोनाभाइरस (कोभिड-१९) संक्रमितकाे सख्या ५७ पुगेकाे छ। बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि संक्रमितकाे सख्या ५७ पुगेकाे हाे। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

    तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्। श्रोतका अनुसार तीनै जना यसअघि वीरगन्ज-१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए।
    गत आइतबार पनि वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो। तीमध्ये एकजना महानगरका सफाई गर्ने कर्मचारी हुन्।



    आज पुष्टि भएका संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ। रौतहटका दुईजना संक्रमितको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। संक्रिमत मध्ये १६ जना निको भएका छन्।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार