Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कोटेश्वरमा मोटरसाइकललाई ठक्कर दिएर भागेका टिपर चालक कीर्तिपुरबाट पक्राउ

    कोटेश्वरमा मोटरसाइकललाई ठक्कर दिएर भागेका टिपर चालक कीर्तिपुरबाट पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ५ माघ २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । काठमाडौँको कोटेश्वरस्थित तीनकुने-कोटेश्वर सडकखण्डमा मोटरसाइकललाई ठक्कर दिएर भागेका टिपर चालक पक्राउ परेका छन्।

    महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीका अनुसार मंगलबार राति ११ बजे तीनकुनेबाट कोटेश्वर जाँदै गरेको प्रदेश-३-०२६प १८२४ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिएको हो।



    टिपरको ठक्करबाट मोरङ पथरी घर भइ भक्तपुर सल्लाघारी बस्दै आएका २७ वर्षीय प्रकाश लिम्बुको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको भएको थियो।



    यस्तै, दुर्घटनामा मोटरसाइकलको पछाडि सवार काभ्रेका ३१ वर्षीय देव लामा गम्भीर घाइते रहेका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    घटनापछि टिपरसहित फरार रहेका चालक सुब्बा श्रेष्ठलाई कीर्तिपुरबाट आज बिहान प्रहरीले पक्राउ गरेको हो ।   घटनाबारे  महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान थालेको एसपी मैनालीले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार