कैलाली । कैलालीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका(४ का ७६ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मंगलबार राति धनगढीस्थित सेती अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
उनी गत पुस २२ गतेदेखि स्वास प्रश्वासमा समस्या आएपछि अस्पतालमा उपचाररत थिए ।
Leave a Reply