Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • विश्वमा एकैदिन साढे २८ लाखमा कोरोना संक्रमण, ७ हजारको मृत्यु

    विश्वमा एकैदिन साढे २८ लाखमा कोरोना संक्रमण, ७ हजारको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ५ माघ २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । विश्वभर कोरोना संक्रमण दर उकालो लाग्ने क्रम जारी छ । हाल विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणले दैनिक ३० लाख नजिकको संख्यामा संक्रमित थपिने गरेका छन् ।

    आज मात्र २८ लाख ५२ हजार कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै फ्रान्समा ४ लाख ६४ हजार थपिएका छन् । त्यसैगरी अमेरिकामा ४ लाख ३२ हजार, इटलीमा २ लाख २८ हजार, ब्राजिलमा एक लाख ३२ हजार, अर्जेन्टिमा एक लाख २० हजार र बेलायतमा ९४ हजार जनामा संक्रमण पुष्टि भएको छ ।



    पछिल्लो एक दिनमा १५ लाख ६३ हजारभन्दा धेरै संक्रमणमुक्त भएका छन् भने ७ हजार ६४० संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा एक हजार ४४३, रुसमा ६८८, बेलायतमा ४३८, फ्रान्समा ३७५ र ब्राजिलमा ३१७ जना रहेका छन् ।



    निको हुनेमा इटलीमा २ लाख २० हजार, फ्रान्समा दुई लाख ७ हजार, बेलायतमा एक लाख १९ हजार, अर्जेन्टिनामा एक लाख दुई हजार, अमेरिकामा ९३ हजार र टर्कीमा ७७ हजार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार