Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • पर्यटनमन्त्री आलेको सचिवालयमा कार्यरत थप दुई कर्मचारीमा सङ्क्रमण पुष्टि

    पर्यटनमन्त्री आलेको सचिवालयमा कार्यरत थप दुई कर्मचारीमा सङ्क्रमण पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, ४ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर विष्ट तथा प्रशासन सहायक भक्तबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टि भएको सचिवालयले जनाएको छ ।



    सचिवालयका अनुसार सोमबार गरिएको कोरोना परीक्षणमा उनीहरू दुवै जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । मन्त्री आलेसहित उनका स्वकीयसचिव हेमन्त रेग्मीलाई सोमबार नै कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।



    पोजेटिभ देखिएकाहरूको अवस्था सामान्य रहेको र मन्त्री आलेसहित सबै होमआइसोलेशनमा रहेको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार