Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • अछामका सीडीओसहित पाँच कर्मचारीमा कोरोना पुष्टि

    अछामका सीडीओसहित पाँच कर्मचारीमा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, ३ माघ २०७८
  • 1.2K
    SHARES

    अछाम । अछामका प्रमुख जिल्ला अधिकारीलगायत जिल्ला प्रशासन कार्यालय अछामका पाँच जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीलगायत पाँच जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    प्रमुख जिल्ला अधिकारीलगायत नागरिकता फाँट र अन्य शाखामा कार्यरत पाँच जना कर्मचारीमा संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने आकस्मिक र शान्ति सुरक्षा बाहेकका सबै सेवा एक हप्ताका लागि बन्द गरिएको छ ।



    प्रमुख जिल्ला अधिकारी मरासेनीद्वारा जारी सूचनामा माघ १० गतेसम्मका लागी कार्यालयबाट प्रदान हुने आकस्मिक र शान्ति सुरक्षा बाहेकका सेवा बन्द गरिएको उल्लेख गरिएको छ ।



    प्रमुख जिल्ला अधिकारी मरासिनीका अनुसार प्रजिअ लगायत अन्य कर्मचारीमा ज्वरो आउने, खोकी लाग्ने, जीउ दुख्नेलगायतका लक्षण देखिएका छन् । कोरोना सङ्क्रमण पुष्टि भएका सबै कर्मचारी होम आइसोलेसनमा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार