Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • केशरमहलबाट दिउँसै हराए बाघको छाला र दुई ठूला तरबारहरु !

    केशरमहलबाट दिउँसै हराए बाघको छाला र दुई ठूला तरबारहरु !

    अनलाइन नेपाल
  • सोमबार, ३ माघ २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राजधानीको ठमेल नजिक केशरमहलस्थित केशर पुस्तकालयबाट बहुमूल्य पुरातात्विक बस्तुहरु हराएको छ।

    महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी विश्वराज खड्काका अनुसार सोमबार दिउँसो पुस्तकालय परिसरबाट पुरातात्विक वस्तुहरु हराएका हुन्।  विसं  २०७२ सालको भूकम्पपछि भत्किएको भवनको जीर्णोद्वार गरिँदै गर्दा उक्त बस्तुहरु हराएको डीएसपी खड्काले बताए।



    प्रहरीको प्रारम्भिक अनुसन्धान र पुस्तकालय इन्चार्ज स्रोतका अनुसार उक्त भवनबाट एउटा बाघको छाला र दुईवटा तरबार हराएको छ।साथै, अन्य बस्तुहरु पनि हारेको आशंका गरिएको छ।



    अहिले दरबारमार्गको प्रहरी टोलीले घटनास्थलमा मुचुल्का उठाएर अनुसन्धान थालेको डीएसपी खड्काको भनाइ छ।

    यसअघि केशरमहल नजिकै रहेको नारायणहिटी दरबार संग्रालयभित्र पनि पुरातात्विक बस्तुहरु चोरीको प्रयास भएको थियो। घटनामा एक युवकले काँचभित्र रहेको खुकुरी निकाल्न उक्त सिसा फोरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार