Online Nepal
  • बुधबार, १० पुष २०८१
  • रियल म्याड्रिडलाई १२ औँ पटक सुपर कप उपाधि

    रियल म्याड्रिडलाई १२ औँ पटक सुपर कप उपाधि

    अनलाइन नेपाल
  • सोमबार, ३ माघ २०७८
  • 1K
    SHARES

    एजेन्सी । रियल म्याड्रिडले एथ्लेटिक बिल्बाओलाई हराउँदै १२ औँ पटक सुपर कप उपाधिमाथि कब्जा जमाएको छ । रियलको जीतमा लुका मोड्रिच र करिम बेन्जेमाले एक एक गोल गरे ।

    साउदी अरबको रियादस्थित किंग फहाद अन्तर्राष्ट्रिय स्टेडियममा खेलिएको खेलको पहिलो हाफमा मोड्रिचले रियललाई अग्रता दिलाए । बिल्बाओका खेलाडीले ह्याण्डबल गरेपछि रियलले पेनाल्टी पायो जसलाई बेन्जेमाले सजिलै गोलमा परिणत गरे ।



    खेलको अन्त्यतिर रियलका एडर मिलिटाओले हातले बल रोकेपछि मैदानबाहिर जान परेको थियो ।



    बिल्बाओले पनि यसबाट पेनाल्टी पायो तर राउल गार्सियाको प्रहारलाई थियाबट कोर्टवाले उत्कृष्ट बचाऊ गरे । जीतसँगै रियल चिर प्रतिद्वन्द्वी बार्सिलोनाको १३ वटा सुपरकपको कीर्तिमानको नजिक पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार