Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • भारतमा चार नेपाली पक्राउ

    भारतमा चार नेपाली पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १७ बैशाख २०७७
  • 1.6K
    SHARES

    फाइल फोटो

    दार्चुला । सीमानाका बन्दको अवस्थामा महाकाली तरेर भारत गएका चार नेपालीलाई सीमा सुरक्षा बल (एसएसबी)ले पक्राउ गरेको छ । मंगलबार बिहानै महाकाली तरेर भारत पुगेका चार जनालाई सीमा गस्तीमा रहेको एसएसबीले पक्राउ गरेको हो ।

    उनीहरुले पिथौरागढ जिल्लामा पसल खुल्ने जानकारी पाएपछि आएको बताएका भारतीय सुरक्षाकर्मीले जनाएका छन् । पक्राउ पर्नेहरूमा महाकाली नगरपालिका खलंगाका शंकर सिंह, राजेश निरौला, महेश टमटा र सन्तोष गौतम रहेका छन् ।



    भारतीय सुरक्षाकर्मीका अनुसार शंकरसिंहको भारतको धारचुलामा कपडाको पसल रहेको र अन्य तीन जना सुनचाँदी पसलमा काम गर्छन् । चारै जनाको स्वास्थ्य जाँचपछि नेपाली बस्ने बह्मस्थित राहत शिविरमा राखिएको भारतीय सुरक्षाकर्मीले जनाएका छन् ।



    कोभिड १९ को संक्रमणबाट जोगिनका लागि नेपाल-भारत आउजाउ बन्द गरिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार