काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
प्रचण्डकी स्वकीय सचिव एवं छोरी गंगा दाहालले पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको जनकारी दिएकी हुन् ।
‘अध्यक्ष कमरेड प्रचण्डको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएसँगै उहाँ कोरोनामुक्त हुनुभएको छ । यस दौरानमा स्वास्थ्य लाभको कामना गर्नुहुने सबैप्रति हार्दिक आभार,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।
प्रचण्डलगायत माओवादी केन्द्रका शीर्षस्थ नेताहरूलाई २४ पुसमा कोरोना पुष्टि भएको थियो ।
Leave a Reply