Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • आज (बैशाख १७) बुधवारको राशिफल

    आज (बैशाख १७) बुधवारको राशिफल

    अनलाइन नेपाल
  • बुधबार, १७ बैशाख २०७७
  • 1.4K
    SHARES

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । सामाजिक क्षेत्रको काम अघी बढ्नेछ र उपकारमा मन जानेछ।



    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज घरपरिवार संग रमाईलो तरिकाले समय बित्नेछ । मेहनतीहरूकालागि दिन फलदायी रहनेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ ।



    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आकस्मिक नयाँ कार्यको योजना बन्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुखपनि मिल्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मनपर्ने खानाको परिकार खान पाईनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज व्यापार र व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन्।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक जमघटमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धिपनि राम्रै पाइएला ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । स्वास्थ्य विग्रने भएछ, सचेत रहनुहोला ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभकार्यको चर्चा चल्नेछ । एकपछि अर्को अवसर र सफलताले मन प्रसन्न रहनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सन्तानपक्षको मायामा कमी आउनसक्छ । सहकर्मीबाट विरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सेवामूलक कार्यबाट सफलता मिल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मानशीक चिन्तन बढ्ने र केही तनाव बढेको महसुस हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा अवरोध र मनमुटाव बढ्न सक्छ । – ज्यो.प. नारायणप्रसाद दुलाल

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार