Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • भरतपुरको कोरोना अस्पतालमा कुनै चोरी नभएको दाबी

    भरतपुरको कोरोना अस्पतालमा कुनै चोरी नभएको दाबी

    अनलाइन नेपाल
  • मंगलबार, १६ बैशाख २०७७
  • 1.9K
    SHARES

    चितवन । भरतपुरको कोरोना विशेष अस्पतालमा कुनै चोरी नभएको कोरोना नियन्त्रण कार्यदल भरतपुरका सदस्यसचिव डा. भोजराज अधिकारीले दाबी गरेका छन । उनले कोरोना अस्पतालमा चोरी भएको नभई कार्यदलको स्टोरसम्म सामान ओसारपसार गरेको बताएका छन् ।

    मंगलबार डा.अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालसँग सम्बन्धित केही सञ्चार माध्यममा आएको र सिसीटिभी क्यामराको फुटेज भनी प्रसारित सामग्री सन्दर्भमा हाम्रो ध्यानाकर्षण भएको छ ।



    कोरोना नियन्त्रण कार्यदलले खरिद गरेको र विभिन्न संघसंस्थाबाट सहयोगार्थ प्राप्त सबै सामग्रीको दाखिला प्रमाण, बिल र वितरणको विवरण साथै बाँकी बक्यौता सामग्रीको लगत सही सलामत नै राखिएको छ ।’



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार