Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • कोरोना नियन्त्रणमा सबै एकजुट हुनुपर्नेमा प्रधानमन्त्रीको जोड

    कोरोना नियन्त्रणमा सबै एकजुट हुनुपर्नेमा प्रधानमन्त्रीको जोड

    'सबैको सहकार्य र एकताबाट मात्र कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ'

    अनलाइन नेपाल
  • शनिबार, १ माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ नियन्त्रका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।

    नेपालमा कोरोनाको तेस्रो लहर चलिरहेको र दिन प्रतिदिन हजारौंको संख्यामा कोरोना संक्रमितको संख्या बढ्न थालेको भन्दै प्रधानमन्त्री देउवाले त्यसको नियन्त्रणका लागि राजनीतिक दलदेखि आम जनतासम्म एकजुट हुनुपर्ने बताएका हुन् ।



    शनिबार प्रमुख प्रतिपक्ष नेकपा एमाले कोभिड नियन्त्रणका विषयमा बुझाएको ज्ञापन पत्र बुझेपछि प्रधानमन्त्रीले सबै मिलेर कोरोना तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताएका हुन् ।



    नेकपा एमाले उपाध्यक्ष नेता सुवास नेम्वाङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई कोभिड रोकथाम र उपचारका बारेमा ज्ञापनपत्र बुझाएको हो ।

    उनले भने–‘कोरोना नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ । सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ ।’

    प्रधानमन्त्री देउवाले तेस्रो लहरसँग आएको ओमिक्रोन भाइरस धेरै संक्रामक भएकाले सवधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार