Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • बाबुराम अन्तवार्ता प्रकरणले लियाे नयाँ माेड, मन्त्रिपरिषद् निर्णयबाट साेधियाे स्पष्टीकरण

    बाबुराम अन्तवार्ता प्रकरणले लियाे नयाँ माेड, मन्त्रिपरिषद् निर्णयबाट साेधियाे स्पष्टीकरण

    अनलाइन नेपाल
  • मंगलबार, १६ बैशाख २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । केही दिनअघि रेडियाे नेपाले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग लिइएकाे अन्तवार्ताले नयाँ माेड लिएकाे छ। पूर्वप्रधानमन्त्री भट्टराईको अन्तवार्तालाई लिएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशकसँग स्पष्टीकरण सोधेको छ ।

    जातीय विद्वेष र घृणा उब्जाएको तथा सरकारविरुद्ध सत्ता कब्जा पंगु निरंकुश शासक र भष्मासुर जस्ता लान्छनायुक्त शब्द प्रयोग भएको भन्दै मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई स्पष्टीकरण सोधेको हो । मन्त्रिस्तरीय निर्णयबाट स्पष्टीकरण सोधिएको हो । र, कार्कीलाई के कसो भएको हो तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।

    रेडियो नेपालमा सोमबार विहान साढे ६ बजे प्रसारित ‘अन्तरसम्वाद’ कार्यक्रममा जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई अतिथि बनाइएको थियो । र, कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै ‘भष्मासुर’ लगायतका शब्द प्रयोग गरेका थिए ।



    यससलाई लिएर रेडियो प्रसार विकास समिति (रेडियो नेपाल) ले सोमबार नै विज्ञप्ति जारी गरेर माफी मागेको थियो । भट्टराईले प्रधानमन्त्री ओलीप्रति लक्षित गरी प्रयोग गरेको भाषा र विचारले दुःखी बनाएको भन्दै रेडियो नेपालले आगामी दिनमा अतिथि चयन गर्दा गम्भीर रुपमा सचेत हुने समेत बताएको थियो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार