Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • मन्त्रीपरिषद्को निर्णय

    राजदूतलाई फिर्ता बोलाउनेदेखि सचिवहरुको सरुवासम्म

    राजदूतलाई फिर्ता बोलाउनेदेखि सचिवहरुको सरुवासम्म

    अनलाइन नेपाल
  • आइतबार, १८ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई १५ दिनभित्र नेपाल फिर्ता हुने निर्देशन दिएको छ ।

    आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले राजदूत पौडेललाई स्वदेश फर्किन १५ दिने म्याद दिएको स्रोतले जनायो ।



    त्यसैगरी आजको बैठकले पाँच जना सचिवहरुको सरुवा गरेको छ भने सहसचिव एकनारायण अर्याललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।



    बढुवापछि अर्याललाई काठमाडौं महानगरपालिकामा पदस्थापन गरेको छ । त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयामा सरुवा गरिएको छ भने भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव सूर्य गौतमलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ।

    त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बराललाई उपराष्ट्रपतिको कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिवालाई उद्योग तथा वाणिज्य मन्त्रालय र उद्योग मन्त्रालयका सचिवलाई महिला मन्त्रालयमा सरुवा गरिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार