Online Nepal
  • शुक्रबार, १४ मंसिर २०८१
  • प्रधानमन्त्री कप क्रिकेट : आज चार खेल हुँदै

    प्रधानमन्त्री कप क्रिकेट : आज चार खेल हुँदै

    अनलाइन नेपाल
  • बिहिबार, २९ पुष २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटअन्तर्गत बिहीबार चार खेल हुँदै छन्। बिहीबार हुने पहिलो खेलमा कीर्तिपुरस्थित टीयू मैदानमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

    कर्णालीले २ मध्ये १ खेलमा जित हात पारेको छ भने सुदूरपश्चिमले १ खेल मात्रै खेलेको छ र आजको खेलमा पहिलो जितको खोजीमा हुनेछ। त्यस्तै मूलपानी क्रिकेट मैदानमा हुने खेलमा त्रिभुवन आर्मी र प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ।



    आर्मीले पनि दुईमध्ये १ खेल जितेको छ भने प्रदेश १ ले एउटा मात्र खेल खेलेको छ र त्यसमा उसले पराजयको सामना गरेको थियो। त्यस्तै टीयू मैदानमा हुने दोस्रो खेलमा प्रदेश २ र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।



    प्रदेश २ ले २ खेलमध्ये १ मा जित हात पारेको छ भने आफ्नो पहिलो खेलमा हारको सामना गरेको लुम्बिनीले आज दोस्रो खेल खेल्न लागेको हो। मूलपानी क्रिकेट मैदानमा हुने दोस्रो खेलमा एपीएफ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

    एपीएफले यसअघिका दुवै खेलमा जित हात पारेको छ भने दोस्रो खेल खेल्न लागेको गण्डकीले पहिलो खेलमा पराजयको सामना गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार